गृहमन्त्री निधि र फ्रान्सका राजदूतबीच भेटवार्ता

गृहमन्त्री निधि र फ्रान्सका राजदूतबीच भेटवार्ता

काठमाडौंः उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि फ्रान्सका राजदूत एभेस कारमोनाबीच भेटवार्ता भएको छ।

गृहमन्त्री निधि र राजदूत कारमोनाबीच गृह मन्त्रालयमा बिहीबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको थियो। भेटमा राजदूत कारमोनाले नेपाल शान्ति प्रकृया र नयाँ संबिधानका बारेमा चासो राखेका थिए।

भेटमा गृहमन्त्री निधिले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै नेपालमा लगानी गर्न फ्रान्सेली कम्पनी आउने वातावरण बनाउन राजदूतलाई आग्रह गरेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

राजदूत कारमोनाले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.