गुल्मीमा आन्दोलनकारीले गरे ५ नम्बर प्रदेशको कार्यालय उद्घाटन
गुल्मीः गुल्मीका स्थानीय राजनीतिक दलले पाँच नम्बर प्रदेशको कार्यालय उद्घाटन गरेका छन् । जिल्ला प्रशासनमा बोर्ड उद्घाटन गर्दे गुल्मी प्रदेश नम्बर ५ मै रहेकोले कार्यालयको शिलान्यास गरेको आन्दोलन संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्ठले बताए ।
बिहानैदेखी कार्यालयमा धर्नामा बसेका स्थानियले पहाडी जिल्ला कुनै हालतमा नछुट्टिने र प्रदेश नम्बर ५ मै रहेको बताए । आन्दोलनकारीले नवौ दिन पनि जिल्लाका कामकाज पूर्ण रुपमा ठप्प बनाएका छन् । जिल्ला विकास समिति गुल्मीमा आन्दोलनकारीले ताला लगाएका छन् ।
सरकारले नवौदिनसम्म पनि सँविधान संशोधन प्रस्ताव फिर्ता नलिदा शुक्रवार जिल्लाका वामी, मजुवा, रिडी, शान्तिपुरर्को टदह, अर्खावाङ, पूर्तिघाट लगायतका स्थानमा बृहत आमसभाको आयोजना गर्ने तयारी अान्दाेलनकारीले गरेका छन् ।
आमसभालाई जिल्ला स्तरका नेताले सम्बोधन गर्ने छन् । आन्दोलनलाई अझै शसक्त ढंगले अगाडी बढाउन गाउँगाउँमा बृहत आमसभाको आयोजनाकाे तयारी भएकाे आन्दोलन संघर्ष समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।