सौर्य उर्जामा दुई अर्बभन्दा बढीको अनुदान

सौर्य उर्जामा दुई अर्बभन्दा बढीको अनुदान

काठमाडौः एसियाली विकास बैंक (एडीबी)ले सौर्य उर्जामा दुई करोड डलरको अनुदान दिने भएको छ । सौर्य क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउने उद्देश्यका साथ बैंकले दुई करोड डलर अर्थात् दुई अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउँने भएको हो ।

यो अनुदानले सन् २०१८ सम्म कम्तीमा २५ मेगावाटको सौर्य उर्जा जडान हुने एडीबीका दक्षिण एसिया क्षेत्रीय विभागका वरिष्ठ उर्जा विशेषज्ञ अलमिङ जाओले बताए । उनका अनुसार यो अनुदान रकमले निजी क्षेत्रलाई सौर्य उर्जातर्फ आकर्षित गर्नेछ ।

निजी क्षेत्रले सौर्य उर्जाको उत्पादन गर्दा लाग्ने खर्च (लागत) र नेपाल विधुत् प्राधिकरणले उर्जावापत तिर्नसक्ने न्युनतम मूल्यको फरकलाई समायोजन गर्न एडीबीको अनुदानले सघाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । एडीबीका अनुसार अनुदान सहयोगले निजी क्षेत्रलाई सौर्य उर्जा उत्पादन गरी प्राधिकरणलाई बेच्नसक्ने बाटो खोलेको छ ।

निजी क्षेत्रले सौर्य उर्जा उत्पादन गरी सिँधै प्राधिकरणलाई बेच्दा लागत नउठ्ने भएकाले अनुदान रकमले त्यसको समायोजन गर्नेछ । प्राधिकरणले निजी क्षेत्रद्वारा उत्पादन गरेको सौर्य उर्जालाई न्युनतम मूल्यमा खरिद गर्ने र त्यसो गर्दा निजी क्षेत्रको लागत नउठेमा प्राधिकरणले तोकेको न्युनतम मूल्य र लागतबीचको फरकलाई समेट्ने गरी एडीबीले लागत अनुदान दिने निर्णय गरेको हो । एडीबीका अनुसार लागत मूल्य र कम्पनी टिकीराख्न आवश्यक रकम ‘भायबिलिटी ग्याप’ को लागि अनुदान दिने व्यवस्था नेपालमै पहिलो पटक गरिएको हो ।

जाओका अनुसार नेपालमा वित्तीय सुरक्षाको ग्यारेन्टी गर्न सकिएको खन्डमा सौर्य उर्जामा निजी क्षेत्रको लगानी बढाउन सकिनेछ । निजी क्षेत्रले प्राधिकरणले चाहेको न्युनतम मूल्यमा सौर्य उर्जा बिक्री गर्न सक्ने हो भने प्राधिकरणलाई पनि सहज हुने उनले विश्वास व्यक्त गरे । यसले लोडसेडिङलाई पूर्ण रूपमा अन्त्य गर्न सहज हुनेछ ।

विधुत् उत्पादन गर्न लाग्ने लागतभन्दा न्युन लागतमा सौर्य उर्जा उत्पादन सम्भव भएकाले सौर्य उर्जामा लगानी आवश्यक रहेको उनले बताए । यो अनुदानले निजी क्षेत्रलाई सौर्य उर्जा उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमासमेत बेच्न सहज हुनेछ ।

अहिले नेपालमा आवश्यक विधुत् १४ सय ४४ मेगावाट रहेकोमा आठ सय ८५ मेगावाटमात्र उत्पादन भएको छ । अहिले ६५ प्रतिशत घरधनी मात्रै विधुत्को पहुँचमा छन् । अहिलेको अवस्थामा सौर्य उर्जाले महत्वपूर्ण भूमिका खेल्न सक्नेछ । एडीबीका अनुसार विशेषतः पानी कम हुने समयमा सौर्य उर्जा उपयुक्त हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.