चीनलार्इ परमाणु हतियार बनाउन सुझाव

चीनलार्इ परमाणु हतियार बनाउन सुझाव

बेइजिङः चीनको कम्युनिस्ट पार्टी समर्थित पत्रिका ‘ग्लोबल टाइम्स'ले चीनले सैन्य खर्च बढाउनुपर्ने र परमाणु हतियार वृद्धि गर्नुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएकाले यस्तो गर्नुपर्ने आफ्नो सम्पादकीयमा उल्लेख गरेको छ ।

ट्रम्पले चीनलाई एकल्याउने कोसिस गरिरहेकाले राष्ट्रिय स्वार्थका लागि रणनीतिक परमाणु हतियार बनाउन आवश्यक भएको सुझाव दिएको छ । चीनले डिएफ–४१ अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र तैनाथ गर्नुपर्नेमा जोड दिएको छ । अंग्रेजी र चिनियाँ दुवै भाषामा प्रकाशित लेखमा भनिएको छ, ‘सन् २०१७ मा चीनले सैन्य खर्च निकै बढाउनु आवश्यक छ ।'

‘ग्लोबल टाइम्स' सत्तारूढ कम्युनिस्ट पार्टी निकट पत्रिका हो । सम्पादकीयमा उल्लेख छ, ‘हामी ताइवानका विषयलाई लिएर पनि सैन्य रूपले उच्चस्तरीय हुनु आवश्यक छ । यसबाट स्वतन्त्र ताइवानको माग गर्नेलाई कारबाही गर्न सकिनेछ । दक्षिण चीन सागरमा अमेरिकाको भड्काउपूर्ण व्यवहारबाट सावधान हुन सहज हुनेछ ।'

यसअघि ट्रम्पले सुरक्षाका विषयमा पैसा लिनुपर्ने बताएका थिए । यदि अमेरिकाले कसैको सुरक्षा गर्छ भने त्यसको सट्टा रकम भुक्तानी गर्नुपर्ने उनले बताएका थिए । उक्त पत्रिकामा ‘चीनले ट्रम्पलाई पैसा पनि नदिने र त्यसको साटो उक्त रकम परमाणु हतियार बनाउन खर्च गर्ने' उनको भनाइ छ । चीनले आफ्नो अन्तरमहाद्वीपीय ब्यलिस्टिक मिसाइल डिएफ—४१ तैनाथ गर्नुपर्ने उनले स्पष्ट पारेका छन् । यो सातामात्रै ट्रम्पले दुईपटक चीनलाई भड्काउने खालका प्रतिक्रिया दिइसकेका छन् ।

त्यसकै प्रत्युत्तरमा चीनले पनि यस्ता विचार प्रकाशित गर्न थालेको छ । चुनाव जितेपछि ट्रम्पले ताइवानी राष्ट्रपतिलाई फोन गरेका थिए । यसको चीनले कडा विरोध गरेको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो व्यवहार नगर्न अमेरिकालाई चेतावनी दिएका थिए ।

अमेरिकाले ‘एक चीन' नीतिमा प्रतिबद्धता जनाइसकेकाले यस्ता गतिविधि गर्न नहुने चीनको दाबी थियो । चीनले ताइवानलाई आफ्नो भूभाग ठान्छ । चिनियाँ सञ्चारमाध्यले ट्रम्पलाई कूटनीतिमा अनुभव नभएको भन्दै आलोचना गर्दै आएका छन् । कुनै पन पक्षले एक चीनको नीतिविरुद्ध कार्य गरे त्यसको बदला लिने पनि चीनको स्पष्टोक्ति छ । आँखाको बदला आँखा नीति अँगाल्न चीन बाध्य हुने उनको चेतावनी थियो ।

यसअघि ट्रम्पले ट्विट गर्दै चीनप्रति आक्रोश व्यक्त गरेका थिए । आफ्नो मुद्राको वास्तविक मूल्यांकन नगरेर चीनले अमेरिकी व्यापारलाई ध्वस्त पारेको ट्रम्पको आरोप थियो । चीनले अमेरिकालाई नसोधेर अमेरिकी कम्पनीलाई कमजोर बनाएको भन्दै आक्रोश पोखेका थिए । अन्तर्राष्ट्रिय नियम उल्लंघन गर्दै चीनले दक्षिण चीन सागरमा सैनिक गतिविधि बढाएको ट्रम्पको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.