सांसदद्वारा राजीनामाको चेतावनी

सांसदद्वारा राजीनामाको चेतावनी

सोलः दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्युन हायविरुद्धको महाभियोग प्रस्ताव पारित नभएमा यहाँको राष्ट्रियसभाको सबभन्दा ठूलो प्रतिपक्षी दलका सबै सांसदहरूले राजीनामा दिने भएका छन् ।

राष्ट्रियसभाको सबभन्दा ठूलो प्रतिपक्षी दल-मिन्जु पार्टीका संसदीय नेता (फ्लोर लिडर) ऊ साङहोले राष्ट्रपतिविरुद्ध लगाइएको महाभियोग प्रस्ताव संसद्बाट पारित नभएमा आफ्ना पार्टीका सबै सांसदहरूलाई राजीनामा दिनका लागि बाध्यात्मक आदेश (ह्विप) जारी भएको जानकारी दिएका छन् । यसका साथै महाभियोग प्रस्ताव पारित नभएमा सबै विधायकले पद त्याग गर्ने विषयमा पार्टीका सबैजसो वरिष्ठ नेता सहमत भइसकेको पनि उनले जानकारी दिए ।

सबै सांसदले पार्टी नेतृत्वसमक्ष एकमुष्ट संयुक्त राजीनामा गर्नुअघि शुक्रबार नै एक संकटकालीन बैठक बस्ने पनि दक्षिण कोरियाली समाचार समिति-योन्हापलाई बताइएको छ । दक्षिण कोरियाली संसद्मा ३ सयजना विधायक रहेका छन् । महाभियोग प्रस्ताव पारित हुन कम्तीमा दुई तिहाइ मतको आवश्यकता पर्छ । उक्त प्रस्तावउपर आगामी शुक्रबार मतदान हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी महाभियोग प्रस्ताव पारित नभएमा सबै विधायकले एकैपटक संयुक्त राजीनामा गर्ने सम्बन्धमा राष्ट्रियसभाको अर्को विपक्षी दल-पिपुल्स पार्टीले पनि हस्ताक्षर संकलन कार्यलाई तीव्रता दिएको छ ।
संसद्का विपक्षी दल र स्वतन्त्र सांसदहरूले सो महाभियोग प्रस्ताव गत शनिबार औपचारिक रूपमै दर्ता गराएका थिए ।

वर्तमान राष्ट्रपति पार्कको दल-साएनुरी पार्टीसँग एक सय अठ्ठाइस सांसदहरू छन् । महाभियोग प्रस्तावको भाग्य र भविष्य सत्तारुढ दल - साएनुरी पार्टीका २८ जना सांसदहरूसँग जोडिएको छ ।

पार्टीले जारी गरेको ह्विप अटेर गरी साएनुरी पार्टीका २८ जना सांसदले महाभियोग प्रस्तावको पक्षमा मतदान गरे भने मात्र दुई तिहाइ मत पुगी उक्त प्रस्ताव पारित हुन्छ । अन्यथा महाभियोग प्रस्ताव बीचैमा तुहिने जानकारी दिइएको छ ।

पार्कको भ्रष्टाचार काण्डलाई लिएर विगत दुई महिनादेखि विशाल विरोध प्रदर्शन भएका थिए । कोरियालीहरूले प्रदर्शन गरी राष्ट्रपति पार्कलाई पदबाट हटाउने र उनीमाथि लागेको अनियमिततासम्बन्धी आरोपमा पक्राउ गर्नुपर्ने माग गर्दै विरोध गरेका थिए ।

विपक्षी दलले भ्रष्टाचारप्रति उदासीन रहेको भन्दै कोरियाली नागरिकले सभासद्हरूको आलोचना गरेका थिए । विशाल प्रदर्शन हुन थालेपछि विपक्षी दल राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन राजी भएका थिए । चौसठ्ठी वर्षीया पार्कले आफ्ना साथीसँग मिलेर राज्यशक्तिको दुरुपयोग र जालसाजी गरेको आरोप लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.