अग्रज पत्रकार ढकालको निधन

अग्रज पत्रकार ढकालको निधन

विर्तामोडः झापाका अग्रज पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ बर्षको उमेरमा गएराति निधन भएको छ ।

मधुमेह र मृगौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो । एक बर्षअघिबाट मधुमेह र मृगौला रोगबाट पीडित बनेका ढकाललाई गत बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

२००९ साल जेठ १९ गते आइतवार अनारमनी १ मा जन्मिएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमासमेत परिचित छन् । स्व. तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रुपमा जन्मिएका ढकालले २०२४ सालबाट पत्रिकाको सम्पादन गर्ने काम गर्दै आएका थिए । २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले १९ बर्षसम्म अध्यापन गराएका छन् ।

२०२८ सालदेखि विवेचना, अर्धसाप्ताहिक पत्रिकाको दार्जीलिङ प्रतिनिधि भई पत्रकारिता क्षेत्रमा संलग्न उनी प्रेस काउन्सिल नेपालबाट विषयविज्ञको प्रशिक्षक पनि हुन् । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य रहेका ढकाल अहिले पत्रकार महासंघका केन्द्रीय पार्षद छन् । ढकालले २०२४ सालमा शनिश्चरे माविको बार्षिक मुखपत्र उषा दोस्रो अर्चनाको सम्पादन सहयोगी भई अतिरिक्त कार्यकारी सम्पादक भएर पत्रकारिता शुरु गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.