विश्व विपद् प्रतिवेदन सार्वजनिक

विश्व विपद् प्रतिवेदन सार्वजनिक

काठमाडौः नेपाल रेडक्रस सोसाइटीले विश्व विपद् प्रतिवेदन २०१६ सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार सन् २०१५ मा विश्वका हरेक १३ जनामध्ये एकले शरणार्थीका रूपमा शरण खोज्दै विस्थापित हुने अवस्थामा पुगेका थिए ।

सन् २०१५ हालसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रह्यो । प्रतिवेदनले विपद् पूर्वतयारीमा थप लगानी गर्न विश्वलाई आह्वान गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जिव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स स्यान्टनर र नेपाल सरकार गृह मन्त्रालयका सहसचिव कृष्ण राउतले सम्युक्त रूपमा प्रतिवेदन सार्वजनिक गरेको सोसाइटीका सञ्चार प्रमुख दिव्यराज पौडेलले बताए ।

यस वर्षको प्रतिवेदनले उत्थानशीलतालाई जोड दिएको छ भने नेपालमा सञ्चालित विपद् पूर्वतयारी गतिविधिलाई विश्व प्रतिवेदनमा समावेस गरिएको छ । प्रतिवेदनका अनुसार ६ करोड ५३ लाख मानिस सन् २०१५ मा आफ्नो मुलुकबाट अन्य देशका लागि विस्थापित भएका थिए भने चार करोडभन्दा बढी मानिस आफ्नै देशभित्र संघर्ष तथा हिंसाले स्थानान्तरण भएका थिए ।

प्रतिवेदन सार्वजनिकका क्रममा नेपालमा भूकम्प पछिको १८ महिनाको अवधिमा पुनर्निमार्णका विषयमा भूकम्प पुनर्निर्माण कार्यक्रम प्रमुख उमेश ढकाल र विश्व विपद् प्रतिवेदनका विषयमा नेपाल रेडक्रसका अन्तर्राष्ट्रिय महासंघका प्रमुख स्यान्टनरले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा रेडक्रस अभियानका तीन वटै अंगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकार गृह मन्त्रालय एवं स्थानीय विकास मन्त्रालयका प्रतिनिधि तथा विभिन्न साझेदार निकायका प्रतिनिधिको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.