रहेनन् कलाकार आरपी भट्टराई

रहेनन् कलाकार आरपी भट्टराई

काठमाडौं: हास्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ ।

बेलुका सकुशल रहेका आरपी बिहान मृत अवस्थामा भेटिएको परिवार स्रोतलाई उदृत गर्दै कलाकार दीपकराज गिरीले जानकारी दिए ।

आरपी प्रेसर र सुगर रोगका विरामी थिए । चार दिन अघि मात्र उनी आफ्नी फूपुको घर विराटनगर गएका थिए ।

आरपी हाँस्य टेली सिरियल ‘तितो सत्य’मा ‘राजालाम’का नामले परिचित थिए । उनले अभिनय गरेको चलचित्र ‘छक्का पञ्जा’ अहिले हलमा चलिरहेको छ । ‘वडा नम्बर ६’ लगायतका विभिन्न चलचित्रमा पनि आरपीको अभिनय छ ।

भटराईहरुको गोठ पूजा एवम् आफन्तको घरमा लगाइएको पुराणमा सहभागी हुन कलाकार भट्टराई परिवारलाई काठमाडौँमै छोडेर विराटनगर आएको पारिवारिक स्रोतले जनाएको छ ।

विराटनगरमा आफन्त सुशील अधिकारीको घरमा सुतेकै अवस्थामा शुक्रबार बिहान उनी मृत फेला परेका हुन । उनी त्यहाँ दुई दिनदेखि बसेका थिए ।

उनका श्रीमती र दुई छोरा छन् । विराटनगरमै पढीलेखी हुर्केका उनी गायन र अभिनयका लागि काठमाडौंमै बस्दै आएका थिए ।

साहित्यकार तथा कवियत्री सुमित्रा भटराईका अनुसार विहीबार राति नोवेल अस्पतालमा आफन्त भेटेर कारमा चढेर आएका भट्टराई गफ गरेर सुतेका थिए । तर, बिहान चिया खान बोलाउन खोज्दा नबोलेपछि डाक्टर बोलाएर चेक गर्दा उनी मृत्यू भई सकेको थियो ।

उनको मृत्युको कारण खुल्न सकेको छैन्

आरपीसँगै विभिन्न स्टेजमा काम गरेका हाँस्य कलाकार शिवहरी पौडेलले पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पत्याउनै नसकिने दुःखत खबर आएको भन्दै आत्माको शान्ति र परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनेका छन् ।

आरपीको स्वर तथा अभिनय रहेको गीत हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.