ल्यान्डफिलसाइट प्रयोगविहीन

ल्यान्डफिलसाइट प्रयोगविहीन

तानसेनः पाल्पा सदरमुकाम तानसेनमा दुई सातादेखि फोहोर नउठाउँदा बजार दुर्गन्धित भएको छ । तानसेनको मुख्य चोक शीतलपाटी, नारायणस्थान, बसपार्क, सिल्खानटोललगायतका गल्लीगल्लीमा फोहोर थुप्रिएको छ । तानसेन नगरपालिका भने फोहोरको थुप्रो टुलुटुलु हेरेर बस्न बाध्य छ । फोहोरको दुर्गन्ध फैलिएर बजारवरिपरि बस्न सास्ती भएको छ ।

तानसेन नगरपालिकाले विगत तीन वर्षदेखि देउराली सामुदायिक वनमा फोहोर फाल्दै आएको थियो । तानसेन नगरभरिको फोहोर वनमा फाल्दा तलका पानीका मूल दूषित भएको, तल्लो क्षेत्रका बासिन्दा बिरामी परेको, फोहोरका कारण किसानलाई काम गर्न असहज भएको भन्दै सामुदायिक वनले फोहोर फाल्न रोक लगाएपछि तानसेनमा फोहोर थुपिँ्रदै गएको हो । सामुदायिक वनले मंसिर ९ गतेदेखि वन क्षेत्रमा फोहोर फाल्न रोक लगाएको हो ।

‘नगरपालिकालाई दुःख परेको भन्दै सामुदायिक वनमा फोहोर फाल्न दिएका थियौं तर नगरपालिकाले एक, दुई महिना भन्दै ल्यान्डफिलसाइट बन्द भएको ३ वर्षसम्म पनि सञ्चालन गर्ने तयारी नगरेपछिबाध्य भएर फोहोर फाल्न रोका हौं’, देउराली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

उपभोक्ता समितिको मंसिर २५ गते बस्ने साधारणसभासम्म फोहोर फाल्न नदिने र सभाले जे निर्यण गर्छ सोहीअनुसार कदम चाल्ने अध्यक्ष पौडेलले बताए ।
दीर्घकालीन रूपमा तानसेन नगरपालिकाको फोहोर व्यवस्थापन बनाइएको सिनेटरी ल्यान्डफिलसाइट ३ वर्षदेखि प्रयोगविहीन छ ।

तानसेन नगरपालिकाको वडा नं. १२ मा निर्माण भएको ल्यान्डफिलसाइटमा वर्गीकरण नगरी डम्पिङ साइटको रूपमा जथाभावी फोहोर फालेको भन्दै स्थानीयवासीको अवरोधका कारण ल्यान्डफिलसाइट विगत ३ वर्षदेखि प्रयोगविहीन बनेको हो । ल्यान्डफिलसाइट प्रयोगमा नआएपछि निर्माण भएका संरचना भत्किँदै गएका छन् ।

तत्कालीन मेयर अशोककुमार शाहीले तानसेन १२ मा ३४ रोपनी जग्गा व्यस्थापन गरी ल्यान्डफिलसाइट निर्माणको काम सुरु गरेका थिए । लामो प्रयासपछि स्थानीय विकास मन्त्रालयको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत गरी एक करोड ६१ लाख रुपैयाँमा ल्यान्डफिलसाइट निर्माण भएको थियो । २०६९ साल असोजमा सञ्चालनमा आएको ल्यान्डफिलसाइट एक वर्षपछि २०७० असोजदेखि बन्द छ । हाल पाल्पामा दैनिक सात टन फोहोर संकलन हँदै आएको छ ।

फोहोर व्यवस्थापनका लागि बन्द रहेको ल्यान्डफिलसाइट सञ्चालन गर्न स्थानीयवासीसँग निरन्तर छलफल गरिरहेको तानसेन नगरपालिका कार्यकारी अधिकृत अनिल पौडेलले बताए । कुहिने फोहोरबाट मल उत्पादन र नकुहिने फोहोरसमेत बिक्री वितरणको व्यवस्था गरेको कार्यकारी अधिकृत पौडेलले बताए ।

तत्कालका लागि वन क्षेत्रमा फाल्दै आएको फोहोरलाई अझै केही महिना व्यवस्थित रूपमा फाल्न सामुदायिक वनका पदाधिकारीसँग छलफल भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.