संशोधन प्रस्तावविरुद्धको आन्दोलनका पछाडि ठूलो षड्यन्त्र छः प्रचण्ड

संशोधन प्रस्तावविरुद्धको आन्दोलनका पछाडि ठूलो षड्यन्त्र छः प्रचण्ड

सुर्खेतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा भइरहेको आन्दोलनका पछाडि ठूलो षड्यन्त्र रहेको बताएका छन्।

शुक्रबार बिहान सुर्खेतको बिरेन्द्रनगरमा नेकपा माओवादी केन्द्रनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा उनले भने,‘संविधान संशोधन प्रस्तावको सीमांकन हेरफेरको विषयलाई लिएर जुन आन्दोलन भइरहेको छ, यसका पछाडि ठूलो षडयन्त्र छ।’

उनले आफ्नो पार्टीको पहलमा हात पारेका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत उपलब्धीहरुलाई उल्ट्याउने षडयन्त्रबाट आन्दोलन प्रेरित भइरहेको आरोप लगाए।

उनले भने,‘जसलाई संघीयता मन परेको छैन, गणतन्त्र मन परेको छैन, समावेशी समानुपातिकता पनि मन परेको छैन तिनिहरुले नै यी सब बखेडा झिकिरहेका छन्।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धका गतिविधि निस्तेज पार्न पहलकदमी लिन कार्यकर्तालाई अपिल गरे।

प्रधानमन्त्री प्रचण्डले सरकार निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको बताए। प्रचण्डले सरकार स्थानीय निकायको निर्वाचनको घोषणा गर्ने अन्तिम तयारीमा रहेको बताएका हुन्। उनले जनयुद्ध, जनआन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षका उपलब्धी संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.