संविधान संशोधन प्रस्ताव दर्ता गरेर सरकारले निहुँ खोज्यो: नेम्वाङ

संविधान संशोधन प्रस्ताव दर्ता गरेर सरकारले निहुँ खोज्यो: नेम्वाङ

पथरी: नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले नेपालको अस्तित्व सङ्कटमा पर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने,'देशको अस्मितामाथि प्रहार गर्ने खालका कुनै पनि प्रस्ताव एमालेलाई स्वीकार्य हुँदैन्।'

एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले संसदमा अनावश्यक प्रस्ताव दर्ता गराएर सरकारले निहुँ खोज्ने काम मात्र गरेको आरोप लगाए। उनले भने,'९० प्रतिशत सभासद्ले पारित गरेको संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्ताव दर्ता गराउनुको कुनै औचित्य छैन।'

उनले भारतको संविधान ६५ प्रतिशत संसद् र अमेरिकाको संविधान ५२ प्रतिशतले पारित भएको उदाहरण दिँदै ९० प्रतिशत सभासद्ले पारित गरेकाले नेपालको संविधान कार्यान्वयनको विकल्प नभएको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.