दशगजा क्षेत्रबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ
कपिलवस्तुः नेपाल भारत सीमा क्षेत्र दशगजामा भारतीय प्रहरीले हतियारसहित एक युवालाई पक्राउ गरेको छ ।
नेपालबाट दशगजा क्षेत्र पार गरी भारतको खुनुवा बजार जांदै गर्दा भारतीय सुरक्षाकर्मीले चेकजाँचको क्रममा २७ वर्षीय अनिल चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीबाट एक राउण्ड गोली लोड भएको र एक थान कटुवा पेस्तोल बरामद भएको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरी कपिलवस्तु नगरपालिका वडा ७ सागरटोल बस्दै आएको बताएका छन्। चौधरी उपर थप अनुसन्धान भैरहको भारतीय प्रहरीले जनाएको छ ।