दक्षिण कोरियाको सांसद्‍मा महाअभियोग प्रस्ताव पारित: राष्ट्रपति पदमुक्त

दक्षिण कोरियाको सांसद्‍मा महाअभियोग प्रस्ताव पारित: राष्ट्रपति पदमुक्त

एजेन्सीः दक्षिण कोरियाको सांसद्‍मा महाअभियोग प्रस्ताव पास भएसँगै त्यहाँकी राष्ट्रपति पार्क गियुन हाय पदमुक्त भएकी छिन्। भष्टाचारको आरोप राष्ट्रपतिविरुद्ध लागेको महाअभियोगको प्रस्ताव शुक्रबारसांसद्‍ले पारित गरेको हो ।

त्यहाँको सांसद्‍को मतदानमा २३४ ले महाअभियोगको पक्षमा मत दिएका छन् भने उनको पक्षमा ५६ भोट परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार मात्र राष्ट्रपति पार्क ग्युन हायविरुद्धको महाभियोग प्रस्ताव पारित नभएमा यहाँको राष्ट्रियसभाको सबभन्दा ठूलो प्रतिपक्षी दलका सबै सांसदहरूले राजीनामा दिने घोषणा गरेका थिए ।
राष्ट्रियसभाको सबभन्दा ठूलो प्रतिपक्षी दल मिन्जु पार्टीका संसदीय नेता (फ्लोर लिडर) ऊ साङहोले राष्ट्रपतिविरुद्ध लगाइएको महाभियोग प्रस्ताव संसद्बाट पारित नभएमा आफ्ना पार्टीका सबै सांसदहरूलाई राजीनामा दिनका लागि बाध्यात्मक आदेश नै दिएका थिए ।

दक्षिण कोरियाको संसद्का विपक्षी दल र स्वतन्त्र सांसदहरूले महाभियोग प्रस्ताव गत शनिबार औपचारिक रूपमै दर्ता गराएका थिए ।

पार्कको भ्रष्टाचार काण्डलाई लिएर विगत दुई महिनादेखि विशाल विरोध प्रदर्शन भएका थिए । कोरियालीहरूले प्रदर्शन गरी राष्ट्रपति पार्कलाई पदबाट हटाउने र उनीमाथि लागेको अनियमिततासम्बन्धी आरोपमा पक्राउ गर्नुपर्ने माग गर्दै विरोध गरेका थिए ।

विपक्षी दलले भ्रष्टाचारप्रति उदासीन रहेको भन्दै कोरियाली नागरिकले सभासद्हरूको आलोचना गरेका थिए । विशाल प्रदर्शन हुन थालेपछि विपक्षी दल राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन राजी भएका थिए । चौसठ्ठी वर्षीया पार्कले आफ्ना साथीसँग मिलेर राज्यशक्तिको दुरुपयोग र जालसाजी गरेको आरोप लगाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.