वायुसेवा निगमको ‘कलसाइन’ चाहेर पनि परिवर्तन गर्न सकिदैन

वायुसेवा निगमको ‘कलसाइन’ चाहेर पनि परिवर्तन गर्न सकिदैन

काठमाडौंः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको कलसाइन आरए कसैले पनि परिवर्तन गर्न नसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले बताएका छन् । शुक्रबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले स्थपानाको ५० औं स्वर्ण महोत्सवको उद्घाटनपछि बोल्दै शाहीले यस्तो बताएका हुन् ।

वायुसेवा निगमको अन्तर्राष्ट्रिय कल साइन आरए नै हो भने लोकतन्त्र पछिको परिवर्तित शाही नेपाल वायुसेवा निगमबाट शाही हटाइएको छ । ‘नेपाल वायुसेवा निगमकै नामबाट अहिले एनए बनाइएको छ तर अन्तर्राष्ट्रिय कल साइन भने आरए नै छ’ मन्त्री शाहीले भने ।

मन्त्री शाहीका अनुसार अन्तराष्ट्रिय नागरिक उड्डयन संघठन (आइकाओ) मा निगको कलसाईन आरए भएकोले पनि यसैलाई कायम गर्न नेपालको चुनौती भएको बताए ।

कसलाई एनए हुँदा निगमको जहाज वा उडान विदेशीले सर्च गर्दा आरए नै पाउने पनि उनले बताए । आइकाओमा एनए नाइजेरियन एयरको कसलाइन भएकाले पनि नेपालले चाहेर पनि परिवर्तन गर्न सक्दैन ।

नाट्टाले शुक्रबार राजधानीमास्वर्ण महोत्सवको अवसरमा २१ औं नाट्टा कन्भेन्सन आयोजना गरेको छ । राष्ट्रिय प्राथमिकतामा नेपालको पर्यटन उद्योग भन्ने विषयमा गरको कन्भेन्समा स्वदेशी तथा विदेशी सहभागिबीच अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा नाट्टाले पूर्व अध्यक्ष, नाट्टा सचिवालयका कर्मचारी तथा २५ वर्ष सेवामा क्रियाशील उत्कृष्ट ट्राभल एजेन्सी सम्मान गरेको थियो । कार्यक्रममा नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले नेपालको पर्यटन प्रवद्र्धन गर्न सरकारसँग हातेमालो गर्न सधै तयार रहेको बताए । कार्यक्रममा पर्यटन राज्यमन्त्री इन्द्र बानियाँले प्रकृतिलाई पर्यटनसँग जोडेर प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औल्याए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.