अन्नपूर्णका विजेतालाई बाइक उपहार

अन्नपूर्णका विजेतालाई बाइक उपहार

काठमाडौंः नेपाल न्युज नेटवर्कद्वारा प्रकाशित अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकको वार्षिक ग्राहक योजनाअन्तर्गत आठौँ महिनाका विजेतालाई बाइक उपहार प्रदान गरिएको छ ।

अन्नपूर्ण पोस्ट्को कार्यालय कर्पोरेट टावर तीनकुनेमा आयोजित कार्यक्रममा रसिद नम्बर १३६२ का विजेतालाई संगम स्विट्सका प्रोप्राइटर संगम शर्माले बजाज प्लाटिना बाइकको चाँबी हस्तान्तरण गरे ।

अन्नपूर्णको ग्राहक योजनाअन्तर्गत प्रत्येक महिना बाइक उपहार प्रदान हुँदै आएको छ । सोही योजना अनुसार आठौँ महिनाको बाइक सुर्खेतको क्वालिटी फुड क्याफे एन्ड रेस्टुरेन्ट, क्याम्पस रोडको नाममा ग्राहक बनेका भीमप्रसाद उपाध्यायले पाएका हुन् ।

अन्नपूर्ण पोस्ट्को ग्राहक बनेर बाइक विजेता बनेका उपाध्यायले ३४ सय रुपैयाँमा ग्राहक बन्दा बाइक पाएकोमा खुसी व्यक्त गरे । ‘पत्रिकाले ग्राहक बनाएर आफन्तलाई मात्र उपहार दिन्छ भन्ने लाग्थ्यो तर आजबाट त्यो भ्रम समाप्त भएको छ’, बाइक पाएपछि उपाध्यायले भने, ‘३४ सय रुपैयाँमा बाइक पाउँदा जीवनमा कहिल्यै नमिलेको खुसी मिलेको छ ।’ बाइक विजेता ग्राहक उपाध्यायले अन्नपूर्णलाई धन्यवाद दिए ।

त्यस्तै अन्नपूर्णको वार्षिक ग्राहक योजनाअन्तर्गत स्क्र्याच कार्डमार्फत् भाग्यशाली विजेता बनेका सोमबहादुर खड्काले रेफ्रिजेरेटर प्राप्त गरेका छन् । विजेता खड्कालाई अन्नपूर्ण पोस्ट्का नायव सम्पादक मनोज दाहालले रेफ्रिजेरेटर प्रदान गरे ।

वार्षिक ग्राहकमध्ये हरेक हप्ता एक जनाले होम ग्लोरीको गिफ्ट ह्याम्पर र हरेक महिना एकजनाले प्लाटिना बाइक प्राप्त गर्छन् । वार्षिक ग्राहक योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले चितवनको भरतपुर नगरपालिका ६ यज्ञपुरी कोलोनीमा रहेको एक करोड २५ लाख मूल्य बराबरको अढाइतले घर उपहार पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.