पूर्वयुवराज्ञी हिमानीले विद्यालय भवन शिलान्यास गरिन्
गोरखाः पूर्वयुवराज्ञी हिमानी शाहले शुक्रबार पालुङटारस्थित भवानी माविको भवन शिलान्यास गरेकी छिन् । ‘गोरखा भूकम्प’ ले क्षति पुर्याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले लिएको हो ।
ट्रस्टले करिब तीन करोडको लगानीमा १६ कोठाको भवन निर्माण गर्ने तयारी गरेको विद्यालयका प्रअ ओजराज गिरीले जानकारी दिए ।
जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक सहयोगमा ट्रस्टले भवन निर्माण गर्न लागेको हो । भवन शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा पनि उपस्थित थिए । रासस