कैलास फर्निचरमा आगलागी

कैलास फर्निचरमा आगलागी

सिमकोटः हुम्लाको सिमकोटस्थित माथिल्लो बजारमा रहेको कैलास फर्निचरमा भएको आगलागीबाट ४५ लाख भन्दा बढी क्षति भएको छ ।
आगलागीका कारण फर्निचरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

फर्निचरमा चार जना कामदार बस्ने गरेको भएपनि आगोलागेपछि उनीहरु बाहिर निस्केकाले सकुशल रहेको प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले बताए ।

फर्निरको पछाडि राखिएको भुसबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट फर्निचरका सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक वली रावतले बताए । उनले भने “म घरमा थिए । फर्निचरमा काम गर्ने मात्रै थिए तर राति पौने एकबजे आगलागी भएपछि मात्रै थाहा पाएर गएँ । फर्निचरमा पुग्दा सबै सामान जलेर नष्ट र्भसकेको रहेछ ।” आगलागीबाट फर्निचरमा भएको काठ, मेसिन सबै जलेर नष्ट भएको बताएका रावतले झण्डै ४५ लाख बराबरको क्षति भएको जानकारी दिए ।

नेपाल प्रहरी नयाँ भैरवी गुल्मका नेपाली सेना र स्थानी वासिन्दाले बिहान साढे २ बजे तिर नियन्त्रणमा ल्याइएको थियो । आगलागीको कारणका बारेमा प्रहरीले छानविन गरिरहेको प्रमूख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.