आमा पहिलो, छोरी दोस्रो

आमा पहिलो, छोरी दोस्रो

राजविराजः सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राजविराजमा शुक्रबारदेखि सुरु भएको पूर्वाञ्चल क्षेत्रीय भारत्तोलन प्रतियोगितामा महिलातर्फ आमा र छोरीले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगितामा सप्तरीबाट ६३ केजी तौलसमूहमा सहभागी ३२ वर्षीया शान्ति चौधरीले एक सय ३० केजी तौल उचालेर प्रथम स्थान हासिल गरेकी हुन् । यसैगरी ४८ केजी तौल समूहमा भने उनकी १६ वर्षीया छोरी पल्लवी चौधरी ४९ केजी तौल उठाएर दोस्रो भइन् ।

महिलातर्फको सातवटा तौल समूहमा भएको छनोट प्रतियोगितामा ४८ केजी तौल समूहमा ७५ केजी भार उठाएर मोरङकी मनीषा चौधरी प्रथम र ५३ केजी तौल समूहमा ७७ केजी भार उठाएर सप्तरीकी सरस्वती चौधरी प्रथम भएकी छन् । ५८ केजी तौल समूहमा सिरहाकी सिर्जना चौधरी र ६९ केजी तौल समूहमा सिरहाकै पुष्पा चौधरी पहिलो भए ।

यसैगरी ७५ केजी तौल समूहमा सिरहाकै कान्ता भुजेल र ७५ केजीभन्दा माथिको तौल समूहमा सोही जिल्लाकी मनीता चौधरी प्रथम भई सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भए । पुरुषतर्फको खेल भने जारी रहेकाले शनिबारमात्रै अन्तिम परिणाम आउने भारोत्तोलनका वरिष्ठ प्रशिक्षक तिलक राउतले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समिति सप्तरीको संयोजनमा भइरहेको उक्त प्रतियोगितामा पूर्वाञ्चलका ६ जिल्लाका ९५ जना खेलाडी सहभागी छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.