साथी
कविता
त्यति टाढा टाढा
पनि त छैन नि हामी
जब कि
एक खिल्ली चुरोटको आयु
रित्तिनुअघि नै पुग्न सकिन्छ
तिम्रो घर
एउटा युगीन आवाजको तरंग
सँगसँगै
कतै थकित हत्केलाहरूमा
साँझ खस्नुअघि नै
आइपुग्न सक्छौ तिमी मेरो आँगन
तर पनि किन अचेल
पटक्कै भेट हँुदैन हाम्रोसफल डकैतपछि
भागबन्डा नमिलेर
छुट्टिएका डाँकुहरूजस्तो
या भनौं
सहरमा एक इन्च
जमिनको निहुँमा झगडा गरेर
बोलचाल नै बन्द गर्ने
छिमेकीहरूजस्तो
यतिविघ्न दूरी
कसरी निर्माण भयो हामीबीच
जब कि
जीवनका कैयौं
कहालीलाग्दा पहाडहरू
सँगसँगै उक्लिएर पार गरेका छौं
एउटा भयानक युग
एउटै मोर्चामा सामेल भएर
लडेका छौं कैयौं युद्धहरू
प्रिय कामरेडहरूको सहादतमा
बगाएका छौ
कैयौं सलामी आँसुहरू
सँगसँगै बिताएका हजारौंहजार
क्रान्तिकारी दुखकष्टहरू छन् हामीसँग
तर पनि किन अचेल पटक्कै
भेट हुँदैन हाम्रो
आजकल मेरी सानी छोरी
सधैं सोधिबस्छे
खै ! पापा तपाईंको त्यो दाहिने हातका औंलाहरू
के तपाईं पनि सानोमा
मजस्तै सारै
चकचके हुनुहुन्थ्यो हो ?
तब म उसलाई
सुनाउन थाल्छु
सुनकेस्रा रानीको कथातिम्रो पनि
त्यो पेटमा लागेको गोली
दुखिरहन्छ होला घरिघरि
सम्झन्छु कसरी बटुल्दैछौ होला
ती तिम्रा
भाँच्चिएका हातहरूले
अशक्त वृद्ध आमाबुवाका
अन्तिम सासहरू उफ् ! कहिले
आइपुग्ने होला
हाम्रो यो
निर्जन बस्तीहरूसम्म
हाम्रै त्यो आलो रगतका पदचापहरूले
खोपिएका युगीन दृश्यहरू
कहाँ छौ ?
साथी
भेटौं न कतै न कतै
त्यो फाटक छेउको
चौतारी
त्यो देउराली
या साँझहरू ओहोरदोहोर
गरिरहने बाटाहरूमायसरी हाम्रो
भेट नै हुन छाड्यो भने त
समयसँगका युगीन संवादहरू
भुलेर
साँच्चै नै हामी
सपनाविहीन भयौ भने तप्रिय साथी !
वैज्ञानिकहरूले अनुमान गरेभन्दा पनि
चाँडै नै बूढो हुनेछ
यो ब्रह्माण्ड
ध्वस्त हुनेछ हाम्रो पृथ्वी ।