म यस्तो युगको तस्बिर बनाउँछु
कविता
आमा म मेरो कलममा
हरिया मसीहरू भरेर
सेतो भुइँमा म यस्तो युगको तस्बिर बनाउँछु
जहाँ, पहेँला भूत जस्ता
अस्थिपञ्जरहरूको देहवसान हुनेछ ।
र सिंगो समानान्तर आकाश ओढेर
जन्मिनेछन् हरिया मानिसहरूम यस्तो युगको तस्बिर बनाउँछु
जहाँ, आफैंले बनाएको शास्त्रमा उभिएर
साँझ छिप्पिन नपाउँदै
गर्ने छैनन् नानीहरूलाई
भुइँकुइराहरूले कफ्र्युको घोषणा
र मैले मेरी आमालाई सोधेको
उही पुरानै प्रश्नहरूमा
अल्झिनु पर्ने छैन भोलिका नानीहरूम यस्तो युगको तस्बिर बनाउँछु
जहाँ, नारीको तेस्रो नेत्र ज्योति
क्षितिज पारिसम्म पुगेर
टिपेर ल्याउनेछ
तिम्रो युग निदाउने सिरानी
अनि हेर्नुछ
तिम्रो हृदयमा खसेको पहिरोले तिमीलाई पुरेकोम यस्तो युगको तस्बिर बनाउँछु
जहाँ, बिहानीको आगमन भएर बासेका भालेहरूले
गर्ने छैनन् उनीहरू बासेर
बिहान भएको शंखघोष
अनि भोलिको प्रभातमा
साझा स्वास फेर्दै
बन्धक बनाइएका पोथीहरू बास्नेछन् ।म यस्तो युगको तस्बिर बनाउँछु
जहाँ, बेली र चमेलीका बोटहरूमा
ढकमक्क फुल्नेछ न्याय
गोदावरी र गुलाफको खुश्बु चोरेर
बुन्नेछन् स्रष्टाले शब्दका गुच्छाहरू
र प्रत्येक नर नारीको मझेरीमा
श्रीखण्ड बनेर पोतिनेछ प्रभात ।