ट्याक्टरको ठक्करबाट बहिनीको मृत्यु, दिदी घाइते
लहान: सिरहा लहानमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरी हरिपुर– १ का १५ वर्षीया श्यामाकुमारी चौधरी रहेका छन्। ठक्करबाट मृतककी दिदी १६ वर्षीया बबिताकुमारी चौधरी गम्भीर घाइते भएकी छिन्।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त १८०२ नम्बरको ट्याक्टरले दिदीबहिनी सवार साइकललाई लहान नगरपालिका– ११ पडरीयामा पछाडिबाट ठक्कर दिँदा घाइते भएकी श्यामाकुमारीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ।
बहिनी बबिताको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस