बालोटेलीको दाबी:मेसी र रोनाल्डोलाई पछि पार्दै बेलोन डि'अरको उपाधि जित्न सक्छु

बालोटेलीको दाबी:मेसी र रोनाल्डोलाई पछि पार्दै बेलोन डि'अरको उपाधि जित्न सक्छु

काठमाडौंः इटालियन फुटबलर मारियो बालोटेलीले आफूसँग बेलोन डिअरको उपाधि जित्न सक्ने क्षमता भएको बताएका छन्। लिग वानको क्लब नाइसबाट व्यवसायिक फुटबल खेलिरहेका बालोटेलीले कुनै दिन आफूले लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बेलोन डिअरको उपाधि जित्ने दाबी गरेका हुन्।

बेलोन डिअर २०१६ को उपाधिका लागि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो प्रमुख दाबेदारका रुपमा लिइएको छ। उनलाई अर्जेन्टिनी खेलाडी लियोनल मेसी र फ्रान्सेली खेलाडी एन्टोनी ग्रिजम्यानले चुनौती दिइरहेका छन्। मेसी र रोनाल्डो अहिलेका महान खेलाडी भएको भन्दै बालोटेलीले बेलोन डिअरको उपाधि भविष्यमा जित्ने आफूसँग मौका रहेको दाबी गरे।

‘रोनाल्डो र मेसी अहिले सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। उनीहरु जत्तिको अरु कोही छैन्,’२६ वर्षीय बालोटेलीले सिन्ह्वासँग भनेका छन्। ‘यदि आफू चोटुग्रस्त नभई राम्रो लयका साथ सिजनको अन्त्य गर्न पाए, बेलोन डिअर जित्छु भन्ने विश्वास छा,’उनले भने,‘ एक दिन मैले बेलोन डिअर जित्नेछु।’

आफू स्वस्थ भए आफूले अझै धेरै गोल गर्न सक्ने बालोटेलीको विश्वास छ। ‘गत सिजन म लामो समय खेल्न पाइन् त्यसैले मैले वास्तमै गोल गर्न सकिनँ,’बालोटेलीले भने,‘ म चोटग्रस्त पनि थिए, लामो समय खेलमैदानभन्दा बाहिर रहे। जब म ठिक हुन्छ, म खेल्छु र गोल गर्छु।’

बालोटेली नाइसबाट खेल्दै यो सिजन ६ गोल गरिसकेका छन्। तर, चोटग्रस्त भएपछि बालोटेली पछिल्ला केही खेल खेल्न पाएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.