टिपरले सुमोलाई ठक्कर दिँदा दुईको मृत्यु
बनेपाः काभ्रेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । काभ्रेको नासिकास्थानमा विपरीत दिशाबाट आएको टिपरले टाटा सुमोलाई ठक्कर दिँदा मोरङ मधुमल्लाका मदन श्रेष्ठ र निमल कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नासिकास्थान १ भैसीपाटीमा काठमाडौंबाट बनेपा तर्फ आईरहेको बा ४ ख ३५५६ नम्वरको टिपरले दमकबाट काठमाण्डौ तर्फ आईरहेको मे १ ज २१९२ नम्वरको यात्रुबाहक सुमोलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
अन्य घाईतेहरुको बनेपास्थित सिरमेमोरीयर अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना लगतै टिपर चालक भने फरार भएका छन् ।