प्रधानमन्त्री प्रचण्ड र मोहन वैद्यबीच भेटवार्ता
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यबीच आइतबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
राजनीतिक समस्या समाधानका लागि चाल्नुपर्ने कदमका विषयमा छलफल पछि भएको व्यक्तिगत भलाकुसारीमा बैद्यले प्रधानमन्त्री प्रचण्डलाई ६२ औ जन्मदिनको शुभकामना दिएका छन् ।
जन्मदिनको शुभकामना दिनुभएकोमा बैद्यलाई धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले राजनीतिक समस्या समाधानका लागि सरकारले गरिरहेको पहलको जानकारी गराएका थिए ।