अपडेटः पूर्वपश्चिम राजमार्ग एकतर्फी सुचारु

अपडेटः पूर्वपश्चिम राजमार्ग एकतर्फी सुचारु

परासीः नवलपरासीको बौलाहाखोलाको पुल भाँचिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ ।

डाइभर्सन निर्माण गरी सवारी साधनलाई एकतर्फी रुपमा सुचारु गरिएको प्रहरीले जनाएको छ । बुटवल–नारायणगढ सडकमा पर्ने नवलपरासीको बौलाहाखोलाको पुल भाँसिँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधन बिहानैदेखि ठप्प भएका थिए । दलदलेमा रहेको उक्त पुललाई गएराति ट्रकले ठक्कर दिंदा भाँसिएको हो ।

आगमन बन्द भएपछि सयौं सवारी साधन र हजारौं यात्रुहरु अलपत्र परेका छन् । जसका कारण पुर्वबाट पश्चिम जाने सवारीसाधनहरु रजहर र पश्चिमबाट पूर्वजाने सवारीसाधनहरु प्रगतिनगरमा रोकिएका छन् ।

जिर्णअवस्थामा रहेको पुललाई ट्रकले छेउबाट ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेनद्रप्रसाद चौधरीले सवारी सञ्चालनका लागि पुलको उत्तरतर्फबाट डाईभर्सन खोलिएको जानकारी दिए ।

त्यसैगरी दुई वर्षअघि भाँसिएको गैंडाकोटस्थित जय श्री पुल अहिलेसम्म मर्मत हुन नसक्दा बेलिव्रिजबाट एकतर्फि रुपमा सवारी साधन सञ्चालनहुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.