सिद्धार्थको २४ प्रतिशत बोनस सेयर

सिद्धार्थको २४ प्रतिशत बोनस सेयर

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले २४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभाले बोनस प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिको तर्फबाट प्रस्तूत भएको आर्थिक वर्ष २०७२/० ७३ को प्रतिवेदन वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरू समेत पारित गरेको छ । व्यवसायको आकार, गुणस्तर, सेवाको गुणस्तरियता, मुनाफा, कर्मचारीको कार्यकुशलता तथा सकरात्मक सुधारसहित २४ प्रतिशत बोनस सेयर प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष रामबहादुर भन्डारीले बताए ।

वित्तीय क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धा तथा विद्यमान असहज आर्थिक अवस्थाकाबीच बैंकले सन्तोषजनक सफलता हात पारेको भन्डारीको दाबी छ । आगामी दिनमा बैंकको पुँजीगत आधार सुदृढ ग्राहकमुखि बनाउँदै लैजाने उनले बताए ।

बैंकले आगमी चालु आर्थिक वर्षमा बढीमा आठ स्थानमा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । बैंकको चुक्ता पुँजी एक अर्ब ४१ करोड ९१ लख ७६ हजार ६ सय रुपैयाँ छ । पूर्वको विराटनगरदेखि पश्चिमको धनगढीसम्म ३३ वटा शाखा विस्तार भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मि श्रले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.