प्रभु बैंकको नयाँ शाखा गोठाटारमा
काठमाडौं: प्रभु बैंकले काठमाडौंका गोठाटारमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये न्युरोड शाखा कार्यालयलाई गोठाटारमा स्थानान्तरण गरेको हो ।
नयाँ शाखाको सुरुवात नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका थिए । आगामी दिनमा बैंकले एकै ठाउँमा दोहोरिन गएका अन्य शाखा कार्यालय पनि क्रमशः स्थानान्तरण गर्दै जाने बताएको छ ।
नयाँ ठाउँमा बैंकका शाखा कार्यालय सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै ग्राहकले सरल र सहज रूपमा सेवा पाउने बैंकले विश्वास लिएको छ ।