बर्दिया र कैलालीमा आशा लघुवित्तको शाखा
काठमाडौं: आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बर्दिया र कैलालीमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले बर्दियाको सानो श्री ताराताल तथा कैलालीको टीकापुरमा मंसिर २२ गतेबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
विपन्न वर्गलाई वित्तीय पहुँच पुर्याउने लक्ष्यसहित शाखा सञ्चालनमा ल्याएको संस्थाको दाबी छ । थप नयाँ दुई शाखासहित संस्थाका शाखा ६ पुगेका छन् । आशा लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय संस्थाका रूपमा स्वीकृति लिएको छ ।