पृथ्वी जयन्ती मनाउन समिति गठन

पृथ्वी जयन्ती मनाउन समिति गठन

काठमाडौं: पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि दुई सय ९५ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समिति गठन गरिएको छ।

नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको अध्यक्षतामा गठन भएको सो नागरिक मूल समारोह समितिका उपाध्यक्षमा पूर्वमन्त्री प्रकाश कोइराला, पूर्व राज्यमन्त्री श्रीशशम्शेर जबरा, पूर्व सहायक मन्त्री दीनवन्धु अर्याल, चेतेन्द्रजङ्ग हिमाली, दिवशविक्रम शाह, रामलाल श्रेष्ठ, धार्मिक नेता शङ्कर पौडेल र महासचिवमा पत्रकार अमित लामा तामाङ रहेका छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आगामी पुस २७ गते देशभर मनाउन लागिएको नागरिक मूल समारोह समितिका महासचिव अमित लामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.