सुषमा स्वराजको मिर्गौला प्रत्यारोपण
नयाँदिल्ली: भारतीय विदेशमन्त्री सुषमा स्वराजको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
एम्स अस्पतालमा करिब पाँच घण्टा लामो अप्रेसनपछि उनलाई सघन चिकित्सा कक्ष (आइसियु)मा राखिएको छ । अस्पतालका अनुसार ४० वर्षीया महिलाले मिर्गौला दिएकी थिइन् ।
एम्सका निर्देशक डा. एमसी मि श्राले भने, ‘अप्रसन सफल भयो । उहाँलाई आइसियुमा भर्ना गरिएको छ र उनको अवस्था स्थिर छ ।’ स्वराजलाई मिर्गौला दान गर्ने महिला उनको आफन्त नभएको पनि बताइएको छ । मिर्गौला दान दिने उपयुक्त आफन्त नभेटिएकाले ती महिलाले मिर्गौला दान गरेकी थिइन् । मि श्राका अनुसार सर्जरी कार्डियो थोरासिस केन्द्रमा ५० जना चिकित्सकको टोलीले उनको अप्रेसन गरेको थियो ।
६४ वर्षीया स्वराज लामो समयदेखि मधुमेहबाट पीडित थिइन् । मधुमेहको परीक्षणका क्रममा उनको मिर्गौलाले काम गर्न छोडेको पत्ता लागेको थियो ।
त्यसपछि उनको डायलोसिस गर्न थालिएको थियो । उनको तीनपटक डायलोसिस गरिसकिएको थियो । गत नोभेम्बर १६ तारिखमा उनले ट्विट गर्दै मिर्गौलाले काम गर्न छोडेकाले एम्स अस्पतालमा भर्ना भएको जानकारी दिएकी थिइन् । उनी नोभेम्बर ७ तारिखमा अस्पताल भर्ना भएकी थिइन् ।