अपडेटः तेह्रथुम बस दुर्घटनामा तीनजनाको मृत्यु

अपडेटः तेह्रथुम बस दुर्घटनामा तीनजनाको मृत्यु

पाँचथरः तेह्रथुमको जिरीखिम्ती–म्याङ्लुङ सडकखण्डअन्तर्गत म्याङ्लुङ–१ गढीभिरमा आइतार यात्रुवाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

यसअघि पाँचजनाको मृत्यु भएको बताइए पनि तेह्रथुम प्रहरीले पुनः सच्याएर तीनजनाको मृत्यु भएको जनाएको हो ।

मृत्यु हुनेमा तेह्रथुम सिम्ले–४ की ४५ वर्षीया कालीमाँया लिम्बू, सोही स्थान बस्ने ६६ वर्षीय गुमानसिंह लिम्बू र सङ्खुवासभा–४ बस्ने अञ्जली याख्खा रहेका छन् ।

दुर्घटनामा परी अरु २६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका नौजनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।

ट्रकलाई साइड दिनेक्रममा बस भिरबाट खसेको चालकले प्रहरीसमक्ष बयान दिएका छन् । उनी सामान्य घाइते छन् । चालक बमबहादुर पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धरानबाट तेह्रथुमको औँसीडाँडातर्फ आउँदैै गरेको ना ४ ख २८६५ नंको बस गढीभिरको सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा २९ जना यात्रु सवार थिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.