'एमालेले संविधान संशोधन प्रस्तावको विरोध गर्नु गलत'

'एमालेले संविधान संशोधन प्रस्तावको विरोध गर्नु गलत'

काठमाडौंः मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अहिलेको संशोधन प्रस्ताव परिमार्जन भएर आए आफूहरुले त्यसमा समर्थन जनाउने बताएका छन्।

उनले जनतालाई अधिकार दिने कुरामा एमालेले विरोध गर्नु गलत भएको आरोप लगाए। रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा उनले संशोधन प्रस्तावको विरोधमा एमालेले आन्दोलन गर्नु प्रतिगामी कदम भएको टिप्पणी गरे। उनले अघि भने,‘संशोधन प्रस्ताव दर्ता भए लगत्तै आन्दोलन गर्नु गलत हो, प्रस्ताव टेबल नै भएको छैन, अनि संसद अवरुद्ध गर्नु यो त लोकतान्त्रिक चरित्र र मुल्य र मान्यता विरोधी हो।’

अहिलेको संशोधन प्रस्ताव त एमालेकै अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको प्रस्ताव भएको बताउँदै उनले भने,‘सीमांकनको प्रस्ताव तत्कालीन काँग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेको प्रस्ताव नै हो, अहिले त खाली नवलपरासी केही पहाडहरु परिमार्जन भएका छन्, बरु उहाँहरुले नवलपरासी किन टुक्रा गरियो भनेर गर्नुपर्ने हो नि।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.