‘संसद अवरुद्ध गरेर कसैलाई हित हुँदैन’

‘संसद अवरुद्ध गरेर कसैलाई हित हुँदैन’

काठमाडौंं: सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहन नहुने बताएका छन्।
रिजालले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भयो भन्दैमा यसको विरोधमा संसद नै अवरुद्ध गर्नु गलत भएको टिप्पणी गरे। उनले भने,‘कसैलाई मन पर्दैन भने संशोधन प्रस्तावबारे पनि संशोधन गर्न सकिन्छ, संसद अवरुद्ध गरेर के हुन्छ ? यो त राम्रो होइन।’

रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा उनले संसदभित्रै आएर यसबारेमा आफ्नो धारणा राख्नुपर्ने भन्दै एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरे। उनले भने,‘एमालेले संविधान संशोधन प्रस्तावमा अन्तिम सत्य देखिसकियो भनेर प्रस्तुत हुनुभएन नि, कमसेकम संसद त चल्न दिनुपर्छ।’ उनले प्रस्तावित संशोधन प्रस्तावमा कसैको चित्त नबुझे त्यसमा पनि संशोधन राख्न सकिने भन्दै अहिले नै आफ्नो अडानमा अडिन नहुने बताए।

मुलुकलाई चुनावमा होम्याउनको लागि पनि मधेसी मोर्चालाई सहमतिमा ल्याउन जरुरी रहेको उनको भनाइ थियो। उनले भने,‘संशोधन प्रस्ताव टुंगो लगाउनुपर्छ, अनि चुनावमा जानुपर्छ।’

कार्यक्रममा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले संशोधन प्रस्तावलाई लिएर एमालेले संसद अवरुद्ध गरिरहनु आवश्यक नभएको टिप्पणी गरे। उनले भने,‘हिजो एमालेका अध्यक्षले नै संसद अवरुद्ध गर्न जरुरी छैन भन्नुभएको थियो, आज उहाँहरुले किन गर्नुभइरहेको छ म सोध्न चाहन्छु ।’ उनले संसद र सडक अवरुद्ध गर्न अहिले जरुरी नभएको बताएका छन् ।

उनले संविधान संशोधनबारे सरकारले पनि केही पुर्नविचार गर्नुपर्ने र मधेशी मोर्चाले पनि मेरो गोरुको बाह्रै टक्का गर्न नहुने जिकिर गरे । अब उनले निर्वाचन गराउनेतर्फ सबैले सोच्नुपर्नेमा जोड दिए । बस्नेतले भने,‘कसैले कसैलाई निषेध गर्नुहुँदैन, व्यापक छलफल तथा परामर्श गर्न आवश्यक छ ।’ उनले सरकार संविधान संशोधन प्रस्ताव आवश्यक परिमार्जन गर्न तयार हुनुपर्ने जिकिर गरे ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.