‘संशोधन प्रस्ताव पास गर्न कांग्रेस र माओवादीले नै चाहेका छैनन्’

‘संशोधन प्रस्ताव पास गर्न कांग्रेस र माओवादीले नै चाहेका छैनन्’

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता रघुविर महासेठले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने ठोकुवा गरेका छन्। महासेठले भने,‘भित्री रुपमा काँग्रेस र माओवादी केन्द्र स्वयमले पनि यो प्रस्ताव पास गर्न चाहेको छैन् ।’

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले तत्काललाई संशोधन प्रस्तावलाई स्थगित गरेर दलहरुबीचको व्यापक सहमतिका माध्यमबाट संसदमा रहेका अन्य विषयहरु महाअभियोगको प्रस्ताव, निर्वाचनसम्बन्धीका ऐन तथा कानूनहरु पारित गर्ने लगायतमा केन्द्रित भएर अघि बढे संसद भोलिदेखि नै सुचारु हुने विश्वास व्यक्त गरे।

उनले संविधान कार्यान्वयन हुन नदिन षड्यन्त्र गरेर संविधान संशोधनरुपी प्रस्ताव ल्याइएको आरोप लगाए। उनले भने,‘यो संशोधन प्रस्ताव कुनै हालतमा जनताको हितमा छैन, प्रस्ताव ठीक छैन।’ उनले प्रस्ताव ठिक भएको भए त्यसको पक्षमा अहिलेसम्म कहाँ कहाँ आन्दोलन भैरहेको छ भनेर प्रश्न समेत गरे। उनले प्रस्ताव स्वयम मधेशी जनताहरुको पनि हितमा नरहेको आरोप लगाए।

उनले अहिलेको संशोधन प्रस्ताव अनुसार नागिरकताको प्रावधान रहे मधेशका रैथानेहरु विस्थापित हुने समेत चिन्ता व्यक्त गरे। उनले भने,‘जन्मसिद्ध नागरिकता लिनेका छोराछोरीहरुलाई नागरिकता लिनको लागि अहिलेपनि समस्या छ, त्यतातिर कसैको ध्यान नजाने, अनि अंगिकृतमा किन बढि मोह ?’

महासेठले संशोधन प्रस्ताव परिमार्जन नभएपनि मधेशी मोर्चा अन्तिममा प्रस्तावको पक्षमा जाने आरोप लगाए । उनले भने,‘फेस सेभिङको लागि मोर्चाका नेताहरुले यो कुरा गरिरहनुभएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.