संसद सुचारु गर्नेबारे देउवा र ओलीबीच छलफल

संसद सुचारु गर्नेबारे देउवा र ओलीबीच छलफल

काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरुबीच संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचन, अबरुद्ध संसद सुचारु गर्ने लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

भेटपछि काँग्रेसका सभापति देउवाले पछिल्लो समयमा दलबीच विश्वासको सङ्कट आएको हुँदा सहमति र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्ने विषयमा कुराकानी भएको बताए।

संविधान संशोधनको विषयमा असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ। सोही विषयलाई लिएर भेटमा सभापति देउवाले सहमति र सहकार्यबाट अघि बढ्नुपर्नेमा जोड दिएको बताए।

नेकपा एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले दुई दलका शीर्ष नेताबीच समसामयिक विषयमा सौहार्द्रपूर्ण र सकारात्मक छलफल भएको र यसलाई निरन्तरता दिनेबारे छलफल भएको जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.