संशोधन विरुद्ध प्यूठानीले घेरे प्रशासन

संशोधन विरुद्ध प्यूठानीले घेरे प्रशासन

प्यूठानः संविधान संशोधन मार्फत प्रदेश नम्वर पाँचका पहाडी जिल्लालाई टुक्र्याएको विरुद्धमा सोमवार प्यूठानीले जिल्ला प्रशासन कार्यालय खलंगा घेराउ गरेका छन् ।

संयुक्त संघर्ष समितिको आव्हानमा विहान ९ देखि ११ बजेसम्म प्रशासन अगाडी धर्ना बसेर कार्यालय घेराउ गरेका हुन् । ऊनीहरुले दुई घण्टासम्म प्रशासनमा कार्यरत कर्मचारी र सेवाग्राहीलाई कार्यालयभित्र जान दिएनन् ।

एक महिनादेखि निरन्तर आन्दोलनमा रहेका प्यूठानीले सरकारले आफूहरुको मागप्रति बेवास्ता गरेकाले आन्दोलनलाई अझ शसक्त बनाउँदै लैजाने चेतावनी दिएका छन् ।

‘हाम्रो मागप्रति सरकार बहिरो भएर बस्यो’,घेराउपछि भएको कोणसभालाई सम्वोधनका क्रममा आक्रोस पोख्दै नेकपा एमाले राप्ती अंचल सदस्य शान्ता आचार्यले भनिन्,‘प्रदेश पाँचका सवै जिल्लाले अव सयूक्त आन्दोलन गर्ने छौँ ।’

पर्टीभन्दा जनता ठूला भएकाले जनताकै हितमा लागिरहने सत्ताधारी दल नेपाली कांग्रेस प्यूठानका सभापती एवं संयूक्त संघर्ष समितिका संयोजक अमंरप्रसाद भण्डारीले बताएका छन् ।

सोमबार विजुवारमा दिउँसै लालटिन जुलुस गर्ने तयारी भएको उनले बताए । कार्यक्रममा उद्योगी, व्यवसायी, नागरिक समाजका अगुवा लगाएतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.