सानिमा बैंक र सिभिल क्यपिटलबीच सम्झौता
काठमाडौः सानिमा बैंक लिमिटेड र सिभिल क्यपिटल लिमिटेडबीच सम्झौता भएको छ । १० बराबर तीन कित्ताको अनुपातमा एक करोड ५९ लाख १७ हजार ६ सय सात किता हकप्रद सेयर निस्कासन गर्न बिक्री प्रबन्धकका रूपमा सिभिललाई नियुक्त गरेको हो ।
सानिमा बैंक र सिभिलबीच आइतबार हकप्रद सेयर निस्कासन गर्ने सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्द र सिभिल क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले हस्ताक्षर गरे ।