३० करोडमा डिस्ट्रिलरी
काठमाडौः ३० करोडको लगानीमा माछापुच्छ्रे डिस्ट्रिलरी सञ्चालनमा आएको छ । झापाको शरणामतीमा फ्याक्ट्री स्थापना गरी कम्पनीले आफ्ना उत्पादन सुरु गरको हो ।
कम्पनीले बजारमा ४० यूपीको ‘डार्क फरेस्ट’ ह्विस्की सार्वजनिक गरिसकेको छ भने चाँडै नै ४० यूपीमा ‘इम्प्याक्ट’ भोड्का बजारमा ल्याउने तयारीमा रहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली गौतमले बताए ।
डिल्ली गौतम, कमल गौतम र नेत्र गौतमको नेतृत्वमा सञ्चालनमा आएको कम्पनीले आगामी दिनमा ब्रान्डेड र महंगा ह्विस्की तथा भोड्का बजारमा ल्याउनेछ । अन्य कम्पनीका तुलनामा यसका उत्पादन गुणस्तरीय, मिठो र आकर्षक भएको कम्पनीको दाबी छ ।
आकर्षक बनावटमा निकालिएको ह्विस्कीले छोटो समयमा नै बजारको ठूलो हिस्सा ओगट्न सफल भएको कम्पनीको भनाइ छ । नेपाली बजारमा उपलब्ध २५ र ३० यूपीका भोड्काभन्दा कम्पनीद्वारा उत्पादित भोड्का बढी गुणस्तरीय, स्वादिष्ट र सस्तो भएको जनाइएको छ ।
कम्पनीले अवका केही महिनामा थप उत्पादन भित्र्याउने योजना बनाएको छ । त्यसमा ४० र ५० यूपीका भोड्काका साथमा ह्विस्की पनि रहनेछन् । कम्पनीका अनुसार यसको मासिक उत्पादन क्षमता ६० हजार केस छ भने ३० हजार केस भोड्का तथा ह्विस्की बिक्रीवितरण गर्दै आएको छ ।