टाटाका दुई सोरुम थप
काठमाडौः टाटा मोटर्सले काठमाडौंको रविभवन र भक्तपुरको सूर्यविनायकमा थप दुई शोरुम सञ्चालनमा ल्याएको छ । टाटाले काठमाडौंको रविभवनमा शीला मोटर्स प्रालि र भक्तपुरको सूर्यविनायकमा शशीला मोटर्स प्रालि नामक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो ।
टाटा मोटर्सका दक्षिण एसिया क्षेत्रीय निर्देशक सतिस मच्छेराजु र सिप्रदी ट्रेडिङका निर्देशक सौर्य राणाले संयुक्त रूपमा शोरुमको उद्घाटन गरे । कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी र टाटा मोटर्सका, नेपाल भूटान कन्ट्री म्यानेजर बोधप्रकाश उपस्थित थिए ।
कार्यक्रममा शुभकामना दिँदै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उत्कृष्ट माइलेज, वारेन्टी, सबैभन्दा ठूलो बिक्री केन्द्र, सर्भिस र स्पेयर पार्टसको सञ्जाल र न्युनत्तम मर्मत खर्च टाटाको विशेषता भएको बताए ।
त्यसैगरी टाटा मोटर्सका दक्षिण एसिया निर्देशक सतिस मच्छेराजुले टाटाको बिक्री पश्चातको गुणस्तरीय सेवाले टाटालाई दक्षिण एसियामै सशक्त बनाएको बताए ।