उपप्रधानमन्त्री निधि र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौंः उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसबीच भेटवार्ता भएको छ।
सोमबार बिहान गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधि र राजदूत टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक घटनाक्रम, द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा कुराकानी भएको थियो।
भेटमा गृहमन्त्री निधिले नेपालको विकासमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गरेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।
राजदूत टेप्लिसले अमेरिका सधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाएकी थिइन्।