संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ

संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ

नेपालगन्ज: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्‍मा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुने बताएका छन् ।

प्रेस चौतारी बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले भने, ' स‌ंविधान संशोधनले मुलुकलाई थप संकटतर्फ धकेल्न खोजेको छ। समाधानका लागि यसलाई फिर्ता लिनुपर्छ। अनि बल्ल सहमतिको वातावरण बन्छ। 

ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखेर राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गरे। वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष फैलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको हो।'

अध्यक्ष ओलीले भने,'जनता हिमाल, पहाड र तराई छुट्याउन चाहँदैनन् । अनि किन तराईलाई पहाडबाट अलग गर्ने प्रस्ताव ल्याइयो?' जनताका प्रतिनिधिले बनाएको संविधानको विरोध गर्नेहरु नै संविधान संशोधनको नाममा मुलुकलाई द्वन्द्वमा फसाउन चाहेको टिप्पणी गर्दै उनले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले जनतालाई खुसी नबनाएर रुवाएको बताए।

ओलीले राजनीतिका नाममा मुलुकमा सधैँ द्वन्द्व उद्योग सञ्चालन गर्नेहरुसँग जनता सावधान हुनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.