सैनिक प्रतिकारमा अाठ तालिवानी अातंककारी मारिए
गजनी: अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा रहेको सुरक्षा जाँच चौकीमा तालिवान आतङ्ककारीले गरेको आक्रमणलाई अफगान सेनाको एक समूहले गरेको प्रतिकारमा आठ आतङ्ककारी मारिएका छन्।
यस घटनामा परी एक सेनाले पनि ज्यान गुमाउनु परेको सैनिक स्रोतले जानकारी दिएको छ । गजनी प्रान्तको मुक्उर जिल्लाको मोहमद कली र रेगरासान इलाकामा रहेका जाँच चौकीमा सोमबार बिहान सबेरै सशस्त्र आतङ्ककारी समूहको आक्रमण भएको सेनाका एक प्रेस अधिकारी हानिफ रेजाहीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
गजनी प्रांन्तका प्रान्तीय राजधानी गजनी सहरबाट १२५ किलोमिटर टाढा रहेका यस जाँच चौकी करिब दुई घन्टासम्म आतङ्ककारी सैनिकबीच जारी झडपमा परी करिब १२ आतङ्ककारी र दुई सैनिक घाइते भएका छन् ।
सन् २००१ को अन्त्यसम्म अफगानिस्तानमा शासन चलाएका तालिवान आतङ्ककारी समूहले सशस्त्र आतङ्ककारीको रुपमा रहि एम्बुस र आत्मघाती आक्रमण गरी सुरक्षाबललगायत सर्वसाधारणको हत्या गर्ने गरेका छन् । रासस /सिन्ह्वा