सीमाङकनको विरोधमा धादिङमा प्रदर्शन

 सीमाङकनको विरोधमा धादिङमा प्रदर्शन

धादिङवेशीः प्राविधिक समितिले राजनैतिक स्वार्थ अनुरुप सिमाङकन सिफारिस गरेको भन्दै धादिङवासी विरोधमा उत्रिएका छन् ।

मैदी सलाङ नलाङ र कुम्पुर गाउँविकास समितिका स्थानियले आन्दोलन सुरु गरेका हुन्। उनीहरुले दिनहुँजसो सदरमुकाममा आएर जिल्ला विकास समितिमा धर्ना दिन थालेका छन् ।

सोमबार पनि मैदी गाउँ विकास समिति र नलाङ गाउँ विकास समितिका स्थानियहरुले जिविस गेटमा निर्णय सच्याउन माग गर्दे विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले जिविसको गेटमा धर्ना बसी नियमित कामकाजलाई अवरोध सिर्जना गरेका हुन् । यस अघि पनि स्थानीय तह पुनःसरचना प्राविधिक समितिको बैठक बसिरहेको बेला कुम्पुर र मैदी गाविसका स्थानीयबासीहरुले मंगलबार जिल्ला विकास समितिको कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

स्थानीय तह पुनःसरचना गर्दा जनतालाई असहज हुने गरी निर्माण गरेको भन्दै बैठकमा सहभागी हुन पुगेका सांसदहरुलाई समेत गेटमा नै रोकेर आफ्ना माग पुरा नभए नेताहरुलाई गाउँ छिर्न नदिने चेतावनी दिए ।

आफ्ना माग पूरा नभए चरणबद्ध ढंगमा आन्दोलनका कार्यक्रमहरु गर्ने चेतवानी दिएका छन् । ‘पुरानै निर्णय कार्यन्वयन गरियोस्, कोहीकसैको दवावमा परेर समितिले निर्णय बदल्ने काम गर्छ भने हामी जस्तोसुकै संघर्षका कार्यक्रम गर्न तयार हुनेछौं' एमाले मैदीका अध्यक्ष भानु दुवाडीले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.