युरोपेली संघका लागि नेपाली राजदूतमा थापा नियुक्त
काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले लोकबहादुर थापालाई युरोपेली संघका लागि राजदूत पदमा नियुक्त गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपतिले थापालाई सोमबार राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। बेल्जियमका लागि नेपाली राजदूत रहेका थापाले युरोपेली संघका लागि पनि नेपाली राजदूतको जिम्मेवारी पाएका हुन्।
थापा परराष्ट्र मन्त्रालयका सहसचिव हुन्। राजदूतको रुपमा कार्यभार सम्हाल्न उनी अघिल्लो महिना बेल्जियम गएका थिए। अघिल्लो साता थापाले त्यहाँ राजा फिलिपसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए।