संविधान संशोधन विधेयक पारित हुन दिन्नाैं: ज्ञवाली
दाङः नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताएका छन् । ज्ञवालीले संविधान संशोधन विधेयक भोटिङबाट फेल गराउने बताए ।
संविधान कार्यान्वयन गर्नुपर्ने समयमा सरकारले संशोधनको बखेडा झिकेको भन्दै उपाध्यक्ष ज्ञवालीले निर्वाचनको बाताबारण गराउनुपर्ने समयमा अनावश्यक समस्या उत्पन्न गराएको आरोप लगाए ।
२०७४ सालको माघ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने बताउँदै उपाध्यक्ष ज्ञवालीले निर्वाचन नभएमा संविधानको औचित्यमाथि प्रश्न उठ्न सक्ने बताए ।
निर्वाचन गरिसकेपछि मात्रै संविधान संशोधनतिर लाग्न सबै राजनीतिक दललाई उनले आग्रह गरे । संविधान लचिलो र गतिशील रहेको भन्दै संशोधनको नाममा सरकारले त्यसको गलत ब्याख्या गरेर अगाडि बढेको उनको भनाइ थियो ।
नेकपा एमाले सकारात्मक कदमको पक्षमा रहेको भन्दै संविधान संशोधन जनताको पक्षमा नरहेकाले एमाले लगायत स्वयं सत्तापक्ष दलका नेताहरु सडकमा गएको दावी गरे ।
दाङमा सोमबार अायोजित कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुने दावी गरे ।