सामाखुसी र ढुकु विजयी (भिडियाेसहित)

सामाखुसी र ढुकु विजयी (भिडियाेसहित)

काठमाडौंः रेडबुल फुटसल लिगअन्तर्गत सोमबार भएको खेलमा सामाखुसी फुटसल र ढुकु फुटसलले जित हात पारेका छन् । हरिसिद्धि फुटसल र कुमारी फुटसलबीच ३-३ गोलको बराबरी भयो ।

समूह ‘बी'अन्तर्गत भएको खेलमा सामाखुसीले बीजी ब्रदर्स फुटसललाई ७-५ गोलले हरायो । पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा सामाखुसीले पाँच गोल गरेको थियो ।

दोस्रो हाफमा घरेलु टोली बीजी ब्रदर्सले भने तीन गोलमात्र गर्न सक्यो । सामाखुसीका नवीन लामा र श्याम नेपालीले तीनतीन गोल गरे । सन्तोष तामाङले एक गोल गरे । बीजी ब्रदर्सका प्रकाश थापाले तीन र उमेश खड्काले दुई गोल गरे । सामाखुसीका नवीन प्लेयर अफ दी म्याच घोषित भए ।

हालसम्म १४ खेलबाट २८ अंक जोडेको सामाखुसी समूह ‘बी'को दोस्रो स्थानमा छ । शीर्ष स्थानमा आसीन शंखमूल फुटसलको १३ खेलबाट ३१ अंक छ । उक्त समूहमा १४ खेलबाट २७ अंक बटुलेको कुमारी फुटसल तेस्रो स्थानमा छ । १३ खेलबाट सामाखुसी फुटसल र ताहाचल फुटसलले २५/२५ अंक जोडेका छन् । १४ खेलपछि हरिसिद्धि फुटसलको २४ अंक छ ।

हरिसिद्धिको मैदानमा भएको खेलमा पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले एकएक गोल गरे । हरिसिद्धिका रइफी महर्जनले दुई र रिपु भुलानले एक तथा कुमारीका रूपेश क्षेत्रीले दुई र कमल श्रेष्ठले एक गोल गरे ।

हरिसिद्धिका मनोज तामाङ प्लेयर अफ दी म्याच घोषित भए । समूह ‘ए'अन्तर्गत भएको खेलमा ढुकु फुटसलले इम्पेरियल रुल्ज फुटसललाई १०-७ गोलले हरायो । पहिलो हाफमा ७-१ गोलको अग्रता लिँदै ढुकुले जितको सम्भावना बलियो बनाएको थियो ।

दोस्रो हाफमा इम्पेरियल रुल्जले ६ र ढुकुले तीन गोल थपेको थियो । ढुकुका सुरज राउतले चार, अंशु कार्कीले तीन, प्रजेश अधिकारीले दुई र छवि रोक्काले एक गोल गरे । इम्पेरियलका सन्देश सिलवाल, किसन अधिकारी र नीराजन गैरेले दुई दुई तथा दीपक घिसिङले एक गोल गरे । सुरज राउत प्लेयर अफ दी म्याच घोषित भए ।

समूहमा १४ खेलबाट २७ अंक भएको ढुकु तेस्रो स्थानमा छ । समूहमा १३ खेलबाट ३१ अंक जोडेको किक अफ तालिकाको शीर्ष स्थानमा छ ।

१३ खेलबाट २९ अंक भएको बानेश्वर रिक्रिएसनल सेन्टर दोस्रो स्थानमा छ । चौथो स्थानमा रहेको ह्वाइट हर्सको १३ खेलबाट २३ अंक छ । हरेक समूहमा आठआठ टोली सहभागी छन् । प्रतियोगिता एएमए इभेन्ट्सले आयोजना गरेको हो ।

भिडियाे हेर्नुहाेस् 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.