क्षेत्रीय सुटिङका लागि खेल सामग्री पठाइयो

क्षेत्रीय सुटिङका लागि खेल सामग्री पठाइयो

बागलुङः सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल क्षत्रीय छनोट प्रतियोगिता अन्र्तगत सुटिङ खेल सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषदले एयर राइफल लगायतका केही सामग्री पठाएको छ ।

पञ्चायतकालिन बन्दुकको भरमा क्षत्रीय सुटिङ खेल सञ्चालन गर्नुपर्ने बाध्यता भएको खबर ‘अन्नपूर्ण पोष्ट'को आइतवारको अकंमा समाचार प्रकाशित भए पछि तत्काल एयर राइफल लगायतका केही सामग्री प्राप्त भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदले पठाएको खेलकुद सामग्री पश्चिमाञ्चल क्षत्रीय खेलकुद विकास समिति मार्फत आइतवारदेखी बागलुङमा शुरु भएको आइटिएफको क्षत्रीय छनोट खेल उद्घाटन कार्यक्रममा जिल्लामा हस्तान्तरण गरिएको छ ।

‘जिल्ला स्तरबाट यस अघि पटक पटक खेलकुद परिषद र पश्चिमाञ्चल क्षत्रीय खेलकुद विकास समितिमा खेलका लागि अत्यावश्यक सामग्री पठाउन आग्रह गर्दा पनि बेवास्ता गरिएको थियो,' जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले भने, ‘समाचार प्रकाशन भएकै दिनमा हामीलाई एयर राइफल लगायत केही सामग्री प्रतियोगिता पछि फिर्ता गर्ने शर्तमा प्राप्त भएको छ, अन्य आवश्यक सामग्री उनीहरू खेलमा आउने क्रममा ल्याउने प्रतिवद्धता आएको छ ।'

नयाँ एयर राइफल प्राप्त भए पछि अन्र्तराष्ट्रिय ओलम्पिक खेलमा समेत नेपालका तर्फबाट सहभागिता जनाएकी जिल्ला सुटिङ सघंकी अध्यक्ष भगवति केसीले खेल सञ्चालनमा केही सहज हुने बताइन् ।

अझै पेस्तोल, गोली, टार्गेट लगायतका सामग्रीको अभाव छ । ‘अहिले प्रशिक्षण दिने क्रममा सामग्रीको अभावमा पोजिसन मात्र सिकाएको छु,' उनले भनिन्, ‘फायरिङ लगायतको थुप्रै कुरा सिकाउन बाँकी छ, प्रतियोगिताको दुई दिन अघि सम्ममा अरु सामग्री पठाउने बचन माथिबाट दिनुभएको छ ।'

सातौ राष्ट्रिय खेलकुदका लागि सुटिङको क्षेत्रीय छनोट खेल यही मंसिर ३० गते हुँदैछ । सुटिङको क्षत्रीय छनोट प्रतियोगितामा रुपन्देहीबाट दुई पुरुष र दुई महिला, कास्कीबाट तिन पुरुष र तिन महिला तथा बागलुङबाट ६ पुरुष र ६ महिला गरी २२ खेलाडी सहभागी हुँदैछन् ।

पञ्चायतकालमा जिल्लामा दिइएको एयर राइफल र पेस्तोल दुवै न कक हुने न लक हुने अवस्थामा छन् । जिल्लामा रहेको ३ वटा राइफल र २ वटा पेस्तोल जनयुद्धकालमा सुरक्षा निकायले धेरै बर्ष सम्म जिल्ला प्रशासन कार्यालयको गोदाममा राखेकाले खिया लागेर काम नगर्ने अवस्थामा पुगेका हुन् ।

पश्चिमाञ्चल क्षेत्रमै सुटिङ खेलका लागि सम्भाव्य र उर्वर जिल्ला मानिए पनि प्रयाप्त खेलकुद सामग्रीको अभावले प्रशिक्षण समेत प्रभावकारी बन्न नसकेको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव भिमसेन शाक्यले बताए ।

‘प्रतियोगिता हुने बेला त सामग्री आउन कठिन छ, अन्य बेलाको अवस्था यसैबाट प्रष्ट हुन्छ, शाक्यले भने, सामग्री आएको पनि फिर्ता गर्ने आग्रह सहित आएको छ, प्रतियोगिता पछि प्रशिक्षण तयारी जिल्लामा कसरी गर्ने ? पञ्चायतकालमा सुटिङ खेलको प्रशिक्षक भए पनि अहिले भने पश्चिमाञ्चल प्रशिक्षक बिहिन अवस्थामा छ ।

राष्ट्रिय प्रतियोगिताका लागि बागलुङमा सुटिङका साथै आइटिएफ तेक्वान्दोको पनि क्षत्रीय छनोट खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

क्षत्रीय छनोट प्रतियोगिताबाट सुटिङ तर्फ १२ र आइटिएफ तर्फ ४१ जना खेलाडि सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट गरिनेछ । आइटिएफ तेक्वान्दोमा पश्चिमाञ्चल क्षेत्रका ११ जिल्लाका २ सय ५ खेलाडि सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.