मेसीलाई पछि पार्दै रोनाल्डोले जिते ‘बेलोन डिअर’ अवार्ड

मेसीलाई पछि पार्दै रोनाल्डोले जिते ‘बेलोन डिअर’ अवार्ड

काठमाडौंः पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले बेलोन डिअर २०१६ को अवार्ड जितेका छन्।

चौथो पटक बेलोन डिअरको उपाधि जित्ने क्रममा रोनाल्डोले अर्जेन्टिनी खेलाडी लियोनल मेसी र फ्रान्सका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पारे।
सोमबार राति फ्रान्समा भएको एक समारोहमा बेलोन डिअर २०१६ को अवार्डको विजेताको घोषणा गरिएको हो। चौथो पटक अवार्ड हात पारेका रोनाल्डो भने उक्त समारोहमा सहभागी हुन पाएनन्।

क्लब वल्र्ड कप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गर्न रोनाल्डो रियल मड्रिडसँगै जापानमा रहेकाले उनी उक्त समारोहमा सहभागी हुन पाएनन्।
अवार्ड जितेपछि रोनाल्डोले भनेका छन्,‘चौथो पटक बेलोन डिअरको अवार्ड जित्छु भन्ने कहिल्यै लागेको थिएन। आज म निकै खुशी छु।’

रोनाल्डोले यसअघि सन् २००८, २०१३ र २०१४ मा बेलोन डिअरको अवार्ड जितेका थिए। रोनाल्डोले सन् २००८ मा म्यानचेस्टर युनाइटेडबाट पहिलो पटक बेलोन डिअरको अवार्ड जितेका थिए। त्यसपछि सन् २००९ मा रियल मड्रिड आएयता रोनाल्डोले सन् २०१३ , २०१४ र यो वर्ष गरी तीन पटक बेलोन डिअरको अवार्ड जितेका हुन्।

रोनाल्डो रियल मड्रिडबाट तीन पटक बेलोन डिअरको अवार्ड जित्ने पहिलो खेलाडी हुन्। रोनाल्डोले रियल मड्रिडलाई च्याम्पियन्स लिग र पोर्चुगललाई युरो कप फुटबलको उपाधि जिताएका थिए। फ्रान्स फुटबलले सन् १९५६ देखि बेलोन डिअरको अवार्ड दिँदै आएको छ।

पछिल्लो ६ वर्ष फिफासँग मिलेर फिफा बेलोन डिअरको अवार्ड दिँदै आएको फ्रान्स फुटबलले यो वर्षबाट भने फिफासँग छुट्टिएर बेलोन डिअरको अवार्ड वितरण गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.