बाँकेमा युवाहरुको दुई समुहबीच झडप, एकको मृत्यु

बाँकेमा युवाहरुको दुई समुहबीच झडप, एकको मृत्यु

नेपालगञ्जः बाँकेको मटेहिया–४ भगवानपुरमा युवाहरुको दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृतकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

सोमबार साँझ भएको झडपमा एक दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ। इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अबसरमा निकालिएको र्यालीमा युवाहरुबीच विवाद हुँदा झडप भएको थियो।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायरसमेत गरेको थियो। झडपपछि स्थिति नियन्त्रणमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राई र सशस्त्र प्रहरी प्रमुख राजु अधिकारी नेतृत्वमा प्रहरीको टोली घटनास्थल खटिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बाँके प्रहरी प्रमुख एसपी राईले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.