महोत्तरीमा ३२ जना बिजुली चोर पक्राउ

महोत्तरीमा ३२ जना बिजुली चोर पक्राउ

गौशाला: महोत्तरी प्रहरीले विभिन्न स्थानबाट ३२ विद्युत् चोरलाई पक्राउ गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार ३२ अभियुक्तलाई पक्राउ गरेको हो ।

प्रहरीले प्राधिरकणका कर्मचारीको सहकार्यमा जिल्लाका धिरापुर, एकरहिया, पिपरा, मटिहानी, सोनौल, हतिसर्वा, मेघनाथ गोरहन्ना, गौशाला नगरपालिका क्षेत्र र जलेश्वर नगरपालिका १५ र १६ लगायत स्थानबाट विद्युत् चोरीमा संलग्न रहेका भनिएकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले एक प्रगति विवरण प्रस्तुत गर्दै जानकारी गराएको हो।

जिल्लामा भइरहेको विद्युत् चोरीलाई नियन्त्रण गर्न प्राधिकरणले चलाएको अभियान अन्तर्गत उनीहरुबाट एक लाख ६० हजार जरिवाना समेत बरामद गरिएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए ।

यसअघि ७२ जनालाई प्राधिकरणले पहिले नै पक्राउ गरिसकेको छ । महोत्तरीमा ४२ हजार मिटरधारी विद्युत् उपभोक्ता रहेको बताइएको छ । करिब १० हजार व्यक्तिले विद्युत् चोरी गरेर उपभोग गरिरहेको विद्युत् कार्यालयका प्रमुख सूर्यनारायण मण्डलले आरोप लगाए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.